राष्ट्रिय

स्ववियु निर्वाचन तालिका सार्वजनिक

- केएफएम डेस्ककाठमाडौं

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियुनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

 यही फागुन १९ गतेदेखि निर्वाचनका कार्यक्रम शुरु हुने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । समितिका अनुसार १९ गते संघ , संगठन , समुह दर्ता गर्ने मिति तोकिएको छ ।

 २१ गते मतदाता सूची प्रकाशित गर्ने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, २७ गते प्रत्यक्ष र समानुपातिक दुबै तर्फको नामावली प्रकाशित गर्ने, २९ गते दुबै तर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चैत्र ५ गते मतदान मिति तोकिएको छ । 

समितिले निर्वाचनका लागि फागुन २९ गते अपरान्ह २ बजेदेखि चैत्र २ गतेसम्म प्रचारप्रसारका लागि समय तोकेको छ । त्यसपछि मौन अवधि शुरु हुने पनि समितिले जनाएको छ ।