राष्ट्रिय

बाजुरामा विवाह भोजमा झडप, एक युवकको मृत्युु

- अर्जुन शाहधनगढी

बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडका एक स्थानीयको विवाह भोजमा झडप हुँदा एक जनाको मृत्युु भएको छ । झडपका क्रममा बुढीगंगा–९ डुग्रीतोलाका २९ वर्षीय रणबहादुर थापाको मृत्युु भएको हो । 

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीबार मध्यराति विवाहको निम्तोमा गएका दुई समूहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादपछि झडप भएको थियो । 

झडपका क्रममा बुुढीगंगा–७ का युवाको समूहले ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा घाईते भएका थिए । थापाको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयो । 

गिरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा बुढीगंगा नगरपालिका–७ बायल गाउँका तीन जना दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का गरी तीन जना र झडपमा संलग्न रहेको भनिएका मृतक पक्षका विकल्प थापा र मनिष विकलाई अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार दीर्घ पनि घाइते छन् ।