राष्ट्रिय

नेपाल समाजवादी पार्टीको कार्य विभाजन

- केएफएम डेस्क

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिमा केही सदस्य थप गरी कार्य विभाजन गरिएको छ । काठमाडौंमा हिजो र आज बसेको बैठकले आयोगतर्फ सल्लाहकार परिषद्मा भक्तबहादुर शाह, विज्ञ परिषद्मा हिसिला यमि, अनुशासन आयोगमा मोती रिजाल, निर्वाचनतर्फ मा रामकुमार पुरी, लेखा आयोगमा जनक शाह र पुनरावेदन समितिमा विष्णुहरि शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

प्रशिक्षण विभाग प्रमुखमा अध्यक्ष बाबुराम भट्टराई, संगठन विभाग प्रमुखमा महासचिव सोनाम सिहं स्याङ्तान, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा उपाध्यक्ष मानुषी यमि भट्टराई, प्रवक्ता एवं प्रचार प्रसार विभाग प्रमुखमा कृष्ण शर्मा, सामाजिक अभियान एवं जनपरिचालन विभाग प्रमुखमा जी एस गुरुङलाई जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुखमा अर्जुन थपलिया तोकिनुभएको छ ।