राष्ट्रिय

महाकुम्भ मेलामा गएका सिरहाका दुई वृद्धा सम्पर्कविहीन

- विनय आजादसिरहा

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा गएका सिरहाका दुई जना वृद्धा सम्पर्कविहीन बनेका छन् । 

सुखीपुर नगरपालिका ५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका ३ की ५५ वर्षीया सुलेना यादव सम्पर्क विहीन भएका हुन् । जसमध्ये पलास मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति उत्तर प्रदेशको फेफना रेल्वे स्टेशनदेखि बलिया रेल्वे स्टेशनको बीचमा सम्पर्कविहीन बनेको परिवारले जनाएको छ ।

 त्यस्तै सुलेना महाकुम्भ मेलाबाटै सम्पर्क विहीन भएको उनको परिवारले जनाएको छ ।