राष्ट्रिय

नेपालद्वारा युक्रेनको पक्षमा मतदान

- केएफएम डेस्क

नेपालले संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनको पक्षमा मतदान गरेको छ । नेपालले युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास भन्ने प्रस्तावको पक्षमा मत जाहेर गरेको हो । नेपालसहित ९३ देश युक्रेनको पक्षमा उभिएका छन् । त्यसपछि युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्रसंघ महासभाले सो प्रस्ताव पारित गरेको छ । 

यसअघि दुई वर्षअघि राष्ट्रसंघमा मतदान हुँदा नेपालले युक्रेनको पक्ष लिएको थियो । अहिले त्यही नीतिलाई निरन्तरता दिएको छ । महासभामा प्रस्तुत प्रस्तावमा १८ देश विपक्षमा उभिएका थिए भने ६५ देश मतदानमा सहभागी भएनन् । सहभागी नहुनेमा भारत र चीन लगायत देश छन् । यसैबीच, अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ । 

अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेपछि तरंग निम्तिएका छन् । अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश भने युक्रेनको पक्षमा उभिएका छन् ।