राष्ट्रिय

देश विकास हुँदैछ, युवाहरु निराश हुनुु पर्दैनः प्रधानमन्त्री ओली

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुुभएको हो । 

 अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा एसइईमा ५२ प्रतिशत अनुत्तिर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गर्दै ओलीले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अहिले पनि काम भइरहेको बताउनुभयो ।