परराष्ट्रमन्त्री राणा स्वदेश फर्किदै
- काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभाबाट आज स्वदेश फर्किदै हुनुहुन्छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागी हुन ७ दिनअघि जेनेभा जानु भएकी मन्त्री राणा आज स्वदेश फर्कन लाग्नु भएको हो ।
त्यहाँ रहदा मन्त्री राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा आफ्नो पक्षमा मतदान गर्न विश्व समुदायलाई आग्रह गर्नु भएको छ ।
विभिन्न देशका राजदूत एवं प्रतिनिधिसँगको भेटमा मन्त्री राणाले मानवअधिकार परिषदको सदस्यका लागि मत दिन आग्रह गर्नु भएको हो ।
मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा जानुभएको थियो ।