नेमकिपाको महाधिवेशन आजदेखि सुरु
- काठमाडौंनेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
महाधिवेशन भक्तपुरको सल्लाघारीमा आगामी सोमबारसम्म चल्ने छ ।
आठौँ महाधिवेशनका लागि देशभरका झण्डै ४ सय कार्यकर्ता भक्तपुर आइसकेको नेमकिपाले जनाएको छ ।
महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातवटै प्रदेशका जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने छ ।
महाधिवेशन अघि नेमकिपाले बिहान १० बजेदेखिकमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँबाट बाजागाजासहितको झाँकी निकालेको छ ।
विभिन्न स्थानबाट निस्किएका झाँकीसहितको ¥याली दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने छ ।
नारायणमान विजुक्छेँको नेतृत्वमा विसं २०३१ सालमाघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो ।
२०४७ सालमा भैरहवामा पहिलो महाधिवेशन भए यता पार्टीले सातौँ महाधिवेशनसम्म पनि संस्थापक अध्यक्ष बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।
नेमकिपाले यसपटक पनि नेतृत्वमा परिवर्तन गर्ने योजना नबनाएको नेता प्रेम सुवालले जानकारी दिनुभयो ।