राष्ट्रपतिद्धारा ग्याल्पो ल्होसारको शुभकामना
- काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनु भएको छ ।
शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिँदै उहाँले ल्होसार पर्वले नेपालीबीचको एकता अझ सदृढ गर्दै समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नु भएको हो ।
नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन आज नयाँ वर्षका रूपमा विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् ।