आज ग्याल्पो ल्होसार
- काठमाडौंशेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउदै आइएको छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१सय५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाउने गरिएको छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको विश्वास छ ।
विगतमा हिमाली भेगका१२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले फैलिएर २२ जिल्लामा मनाउन थालिएको छ ।
शेर्पा जातिको बसाइँसराइसँगै पर्व मनाउने क्षेत्रको विस्तार भएको हो ।
पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाउने गर्छन् ।