विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त भएनः मन्त्री राणा
- काठमाडौंसंयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी भएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्विजरल्याण्डको जेनेभाबाट आज स्वदेश फर्कनु भएको छ ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री मन्त्री राणाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, राणाले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताउनुभएको छ । मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।
यस्तै, उहाँले राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको थियो । मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा जानुभएको थियो ।