राष्ट्रिय

धनकुटाबाट २ किशोरीको उद्दार

- रमेशचन्द्र अधिकारीधनकुटा

धनकुटाको चौबिसे गाउँपालिका ३ बाट प्रहरीले दुई किशोरीको उद्धार गरेको छ । मोरङको उर्लाबारी घर भएका १४ वर्षीया किशोरीहरुलाई गढीगाउँको एक घरबाट आज बिहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

 उनीहरुलाई विगत तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । किशोरीहरुलाई बन्धक बनाएको घटनामा उर्लाबारी नगरपालिका ५ का १९ वर्षीय प्रतीक विक र चौबिसे ३ गढीगाउँका १९ वर्षीयसनिश याख्खालाई प्रहरीले नियन्त्रणमा लिएको छ