राष्ट्रिय सभाबाट नेपाल कानून व्यवसायी परिषद् विधेयक पारित
- काठमाडौंसंघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राखेको प्रस्ताव अनुसार सो विधेयक सर्वसम्मतिले पारित भएको हो । कानून व्यवसायी प्रतिष्ठान स्थापना गर्ने लगायत उद्देश्य राखी सरकारले विधेयक ल्याएको थियो ।
विधेयकमा कानून विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने लगायत व्यवस्था गरिएको छ । गत साउन दोस्रो साता पेश भएको विधेयक आज पारित भएको हो । अब सो विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणिकरण भएर कानूनको रुपमा अघि बढ्नेछ ।