एसईईको सम्पूर्ण तयारी पूरा
- काठमाडौंयस पटक माध्यमिक शिक्षा परीक्षा एसईईका लागि ५ लाख बढी परीक्षार्थीले आवेदन भरेका छन् ।
आगामी चैत्र ७ गतेदेखि हुने परीक्षामा तीन किसिमका परीक्षार्थी सहभागी हुँदैछन् ।
यसैबीच, परीक्षा सञ्चालन गर्ने दायित्व प्रदेशलाई दिइएपनि प्रश्नपत्र भने प्रदेशको समन्वयमा केन्द्रले नै तयार गरेको छ ।
उत्तरपुस्तिका छपाई र बाड्ने काम भने प्रदेश तहबाट हुने र परीक्षण भने केन्द्रले तोकेको जिल्लामा हुनेछ ।
गत बर्षदेखि लागू गरिएको ग्रेडिङ सिस्टमका कारण एसइइको नतिजा खस्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षाको नतिजामा सुधार गर्न निर्देशन दिनुभएको थियो ।
यसै सन्दर्भमा परीक्षाको तयारीबारे हामीले निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सोधेका छौं ।