राष्ट्रिय

बस्ती पसेको ११ घण्टापछि बाघ नियन्त्रणमा

- अवधेशकुमार झाराजविराज

सप्तरीको सप्तकोसी नगरपालिका १ खोरियाटोलमा बस्ती पसेको बाघलाई नियन्त्रणमा लिईएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले बाघलाई आज बेलुका नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएको बाघलाई पर्सा राष्टिय निकुन्ज लगिएको छ ।

फतेपुरको खोरियाटोलमा आज बिहान बाघ बस्तीमा पसेको थियो । कोसी टप्पु वन्यजन्तु आरक्षवाट बस्तीमा बाघ आएको अनुमान गरिएको छ । बाघको आक्रमणवाट स्थानिय तीनजना घाइते भएका छन् । बाघ दिनभरी बस्तीमा रहेका कारण सो बस्तीमा भागाभाग भएको थियो ।