राष्ट्रिय

आगामी साउनबाट प्रदेशबाट लाइसेन्स छपाइ हुने

- केएफएम डेस्ककाठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ गर्ने बताउनुभएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले लाइसेन्स छपाइका लागि बागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने बताउनुभयो ।

 आगामी कात्तिक–मंसिरसम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने उहाँको भनाइ थियो । अहिलेसम्म साढे ५ लाख लाइसेन्स मात्रै छापिएको मन्त्री दाहालले जानकारी दिनुभयो ।