राष्ट्रिय

जबरजस्ती करणी मुद्दामा ७ जना किशोर पक्राउ

- सुवास विडारीमकवानपुर

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरु पक्राउ गरेको छ । गत माघ ६ गते बिहान ८:३० बजेको समयमा हेटौंडा-२ स्थित वनस्खण्डी मन्दिर नजिकै जंगलमा जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । उहाँका अनुसार पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फाल्गुन २२ गते हेटौंडाको विभिन्न स्थानहरुमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौंडाबाट जबरजस्ती करणी कसूर मुद्दामा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ । किशोरहरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।