राष्ट्रिय

बालिकामाथि बलात्कार आरोपमा दार्चुलाबाट दुई पक्राउ

- मनोज बडूदार्चुला

दुई बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुटै घटनामा संलग्न दुई जनालाई बैतडी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाको परिचय भने गोप्य राखिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मेलौली नगरपालिकाकी–१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । ती पुरुषले २०८० असार र कात्तिकमा बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो । 

यस्तै, शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । 

ती पुरुषले बालिकालाई प्रलोभनमा पारी गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो । 

पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भएको छ । दुवै घटना अनुसन्धानमा रहेका र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले परिचय गोप्य राखिएको प्रहरी निरीक्षक बडूको भनाई छ ।