ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई प्रधानमन्त्री ओलीको आग्रह
-प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रदत्त सम्पत्तिको हक अनुसार ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव आएकोमा आफूलाई आश्चर्य लागेको बताउनुभयो ।
निजी विद्यालय सञ्चालकलाई लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिन उहाँले आग्रह गर्नुभयो । यसैबीच प्याब्सनको केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।