राष्ट्रिय

रास्वपा सांसद तोसिमाको पक्षमा फैसला

- केएफएम डेस्क

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको पद कायमै रहने गरी फैसला गरेको छ । गत निर्वाचनमा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेजको निर्णय गरेपछि उहाँले २०७९ कात्तिक १४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सोही रिटको अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले कार्कीको पक्षमा फैसला गरेको हो । 

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीले दायर गरेको रिट जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य पदमै रहेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर ३ मा उम्मेदवारी दिएको भन्दै खारेज गरेको थियो ।