राष्ट्रिय

पाँच अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा अघि बढाइयो

- केएफएम डेस्ककाठमाडौं

सरकारले यसअघि ल्याएका ५ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा अघि बढाएको छ । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधयेक, निजीकरण (पहिलो संशोधन) विधेयक आज प्रस्तुत गरिएको छ ।

त्यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पेश गरिएको छ । यसअघि संसद बैठकमा रास्वपा सांसदले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित लोकतान्त्रिक चोक नजिकैको सरकारी जग्गा कंग्रेस नेताले कब्जा गरेको आरोप लगाएपछि संसदमा विवाद उत्पन्न भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले सरकारी जग्गा अतिक्रमणको बिषय उठाउनुभएको थियो । त्यसपछि कंग्रेसका सांसदले आपत्ति जनाएका थिए ।