जलवायु परिवर्तनले नागरिकलाई गम्भीर असरः वन तथा वातावरणमन्त्री ठकुरी
-वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले गर्दा नेपालको विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई गम्भीर असर परेको बताउनुभएको छ । बेलायतमा आयोजित जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा नेपालको तर्फबाट मन्तव्य दिदै मन्त्री शाहीले सो धारणा राख्नुभएको हो ।
नेपालको पारिस्थितिकी तन्त्र र जीविकोपार्जनमा जलवायु परिवर्तनले जीवन–मरणका चुनौतीहरू सामना गर्न भइरहेको पहलबारे उहाँले जानकारी गराउनुभएको थियो । मन्त्री शाही बेलायती राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा समेत सहभागी हुनुभएको थियो ।