होली खेल्ने क्रममा विवाद हुँदा धनुषामा एक जनाको मृत्यु
- काठमाडौंहोली खेल्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धि चोकमा भएको विवादमा छुरी प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ ।
१९ वर्षीय आँसु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।
सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँसुलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएपनि जनकपुरधाममा भने हिजो होली मनाइएको थियो ।