राष्ट्रिय

केयूको उपकुलपति नियुक्ति गर्न प्राध्यापक संघको माग

- केएफएम डेस्क

माग नेपाल प्राध्यापक संघले योग्यता, वरिष्ठता र कार्य क्षमताको आधारमा काठमाडौं विश्वविद्यालय केयूको उपकुलपति लगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । 

संघका अध्यक्ष प्रा. रमेशकुमार जोशी र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयहरुमा यथाशीघ्र पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् । काठमाडौं विश्वविद्यालयको उपकुलपति, विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिव, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष, राजर्षि जनक विश्वविद्यालय सेवा आयोग अध्यक्ष, खुला विश्वविद्यायको पदपूर्ति समितिको अध्यक्षलगायतका पद लामो समयदेखि रिक्त रहेकोमा संघको ध्यानार्कषण भएको जनाएको छ ।

उपकुलपति नियुक्तिका विषयमा विज्ञप्ति जारी गर्दा केयु प्राध्यापक संघका अध्यक्ष विकास अधिकारीप्रति दबाव र त्रास सिर्जना गरेको भन्दै नेपाल प्रध्यापक संघले ध्यानार्कषण भएको जनाएको छ । संघले दबाब र त्रास सिर्जना हुने कार्य पुनः दोहोरिए कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।