राज्यलाई भार नपर्ने गरी पूर्व विशिष्टलाई सुविधा दिने सरकारको प्रष्टीकरण
- काठमाडौंगृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सुविधालाई सरकारले कानुन बनाएर व्यवस्थित गर्न खोजेको प्रष्टीकरण दिनुभएको छ ।
पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायत पूर्वविशिष्ट पदाधिकारीहरूलाई व्यापक सुविधा दिन लागिएको भन्दै चौतर्फी आलोचना भएपछि प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले कानून बनाएर सुविधा दिन लागिएको बताउनुभयो ।
पूर्व पदाधिकारीलाई सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक भार नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको उहाँको भनाइ थियो । गृहमन्त्री लेखकले मुलुकको आर्थिक अवस्थालाई ध्यान दिएर मात्र सुविधा सम्वन्धित कानून बनाइने बताउनुभयो ।