राष्ट्रिय

पाथिभरा केबलकार विवादः उच्चस्तरीय छलफलका लागि पहल गर्ने सहमती

- केएफएम डेस्ककाठमाडौं

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका समूह र सरकारी वार्ता टोलीबीच उच्चस्तरीय छलफलका लागि पहल गर्ने सहमती भएको छ । 

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेम प्रसाद भट्टराईका अनुसार समूहले राखेको माग सम्बोधन हुन नसक्ने भएपछि दुई टोलीबीच उच्चस्तरको समिति बनाउने विषयमा सहमति भएको हो । 

आन्दोलनरत समूहबाट वार्तामा सहभागी आलोक माबोहाङले आफुहरुले केवलकार खारेजीको प्रस्ताव राखेको र सरकारी समितिले सम्भव नभएको बताएपछि उच्च तहमा छलफल गर्ने निर्णय भएको हो । अर्को वार्ता यही चैत ७ गते गर्ने सहमती भएको उहाँले बताउनुभयो ।