राष्ट्रिय

केयुको उपकुलपतिमा वाग्ले नियुक्त

- केएफएम डेस्क

काठमाडौं विश्वविद्यालय केयुको उपकुलपतिमा प्राध्यापक डाक्टर अच्युत वाग्ले नियुक्त हुनु भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले उहाँलाई नियुक्ति पत्र समेत प्रदान गर्नु भएको छ ।

माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०७९ असोज २ गते उहाँलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गर्नुभएको थियो ।