नवनियुक्त प्रहरी महानिरीक्षक थापाद्वारा पदभार ग्रहण
-नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिन्ह ग्रहण गरेपछि प्रहरी महानिरीक्षक थापाले काम शुरु गर्नुभएको हो । दज्र्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनुभयो ।
देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने उहाँको भनाइ थियो । महानिरिक्षक थापाले असल नियतका साथ काम गर्नुपर्ने समेत बताउनुभयो ।
मन्त्रिपरिषद्ले हिजो थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आईजीपी बन्नुभएको हो ।