मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.वैधनाथ महतोलाई तत्काल नहटाउन सर्वोच्चको आदेश
-सर्वोच्च अदालतले मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतोलाई तत्काल नहटाउन मधेश प्रदेश सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले चैत ११ गते छलफलका लागि बोलाउने आदेश गर्दै सो मितिसम्म उपकुलपति महतोलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
विश्वविद्यालय सभा (सिनेट) को बहुमतको निर्णय भन्दै उपकुलपति महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई प्रदेश सरकारले हटाउँदै नया पदपूर्तिका लागी सूचना आह्वान गरेको थियो । सर्वोच्चले मन्त्रिपरिषद्को गत फागुन २२ गतेको निर्णय बमोजिमको पत्र र उपकुलपति नियुक्तिसम्बन्धी सूचना कार्यान्वयन नगर्नु ,नगराउनु भन्दै विपक्षी १३ जनाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।