राष्ट्रिय

स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

- केएफएम डेस्क

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धन प्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार ६५ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएको प्रारम्भिक अनुमान गरिएको छ । १८ आंगिक क्याम्पसमा भने निर्वाचन हुन सकेका छैनन् । यी क्याम्पसमा तत्काल निर्वाचन गर्न त्रिविले निर्देशन दिएको छ । 

काठमाडौं उपत्यकामा समेत २२ मध्ये ११ क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन् । काठमाडौंका आरआर, त्रि–चन्द्र, पाटन, पद्यकन्या, अस्कल, सरस्वती, पब्लिक युथ, विश्वविद्यालय क्याम्पसमा निर्वाचन हुन नसकेको हो । त्यस्तै पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि निर्वाचन हुन सकेन । पृथ्वीनारायणमा भोलि बुधबार, पद्यकन्यामा बिहीबार र विश्वविद्यालय क्याम्पसमा शुक्रबार निर्वाचन हुने कार्यतालिका घोषणा गरिएको छ ।