राष्ट्रिय

राजनीतिक उपलब्धि र संविधान रक्षाका लागि क्रियाशील रहने कांग्रेसको निष्कर्ष

- केएफएम डेस्ककाठमाडौं

सत्तारुढ नेपाली कांग्रेसले प्राप्त राजनीतिक उपलब्धि र संविधान रक्षाका लागि क्रियाशील रहने निष्कर्ष निकालेको छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकले संविधान रक्षाका लागि क्रियाशील रहने निर्णय गरेको कंग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

राजतन्त्र पुर्नवहालीका लागि राजावादी शक्तिको गतिविधि बढिरहेका बेला नेपाली कंग्रेसले संविधान रक्षाको पक्षमा लाग्ने निर्णय गरेको हो । यसैबीच नेपाली कंग्रेसले सर्वदलीय सहमतिका सरकार गठनको बिषयमा कुनै छलफल नभएको बताएको छ ।

नेपाली कंग्रेसले मुलुकको समसामयिक राजनीति र पार्टीको आन्तरिक बिषयमा छलफल गर्न चैत १० गतेको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।