राष्ट्रिय

राप्रपाले अध्यक्ष लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने

- केएफएम डेस्ककाठमाडौं

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने भएको छ । धुम्बाराहीस्थिति केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजीलगायतका मागसहितको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार समसामयिक राजनीतिक परिस्थिति, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको थियो ।

राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रम तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा बस्ने र आन्दोलनका आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।