राष्ट्रिय

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सेना प्रतिवद्ध छः नेपाली सेना

- केएफएम डेस्ककाठमाडौं

नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएको छ । 



राजतन्त्र पक्षधर दल र समूहका नेताले गणतन्त्रविरुद्ध बोल्ने क्रममा नेपाली सेनालाई लक्षित गर्दै अभिव्यक्ति व्यक्त गरिरहेका बेला नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पुरा गर्न आफू प्रतिवद्ध रहेको बताएको हो ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तिमा केही दिनयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका–टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएको उल्लेख छ ।