हिमाल आरोहणको सिजन सुरु
- काठमाडौं
हिमाल आरोहणको सिजन सुरु भएसँगै विदेशबाट आरोहीहरु आउने क्रम सुरु भएको छ ।
वसन्त ऋतुलाई हिमाल आरोहणको मुख्य सिजन मानिन्छ ।
बंगलादेश, ब्राजिल, क्यानडा, चिली, फिनल्याण्ड, चीन लगायत मुलुकबाट हिमाल आरोहणका लागि आरोहीहरु आईरहेको पर्यटन विभागले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै चीनबाट २० जना आरोही नेपाल आएका छन् । यो सिजनका लागि ५८ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति प्रदान गरिएको पर्यटन विभागका निर्देशक लिलाधर अवस्थीले जानकारी दिनुभयो ।
सगरमाथा आरोहणका लागि भने अहिलेसम्म कसैले अनुमति लिएका छैनन् । आगामी मे महिनाबाट सगरमाथा आरोहण सुरु हुनेछ ।
सगरमाथामा अहिले डोरी टाग्ने काम भईरहेको छ । तर, हावाहुण्डरीका कारण डोरी टाँग्ने काममा समस्या भइरहेको अवस्थीले बताउनुभयो ।