प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जादैं
-प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गतेदेखि २३ गतेसम्म औपचारिक भ्रमणका लागि दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्ड जाने हुनुभएको छ । प्रधानमन्त्री ओली पाँच दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । थाइल्याण्डका प्रधानमन्त्री पाएटोङ टार्न सिनावात्राको निमन्त्रणामा प्रधानमन्त्री ओली परराष्ट्र मन्त्री आरजु राणा देउवासहितको टोलीको नेतृत्व गर्दै भ्रमणमा जान लाग्नुभएको हो ।
भ्रमणमा प्रधानमन्त्री ओली र समकक्षी सिनावात्राबीच नेपाल र थाइल्याण्डको द्विपक्षीय सम्वन्धबारे छलफल हुने मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले राजधानी बैंककमा चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगालको खाडीको प्रयास बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने तय भएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले बिमस्टेकका सदस्य राष्ट्रहरुसँग दुईपक्षीय वार्ता समेत गर्नुहुनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने व्यक्तिको संख्या यकिन भइनसकेको बताइएको छ ।