राष्ट्रिय

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी

- केएफएम डेस्क

राजतन्त्र पक्षधर प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । सन्चो सहितका औषधि बनाउने कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् । कार्यालय परिसरमा रहेका गाडीहरुमा समेत उनीहरूले आगजनी गरेका छन् । कम्पनीकी महाप्रबन्धक उषा रिजालले कार्यालय भवन र गाडीमा आगजनी भएको बताउनुभयो ।

 तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् । प्रदर्शनमा उत्रिएका राजावादीले काठमाडौं महानगरपालिकाको दमकलमाथि समेत तोडफोड गरेका छन् । यसैबीच, राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिले सरकारले तोकेको क्षेत्रमा मात्रै सीमित नरहने बताएको छ । 

समितिले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण जनआन्दोलनमा सत्ताधारीले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको आरोप समेत लगाएको छ ।