राष्ट्रिय

भूकम्प प्रभावित म्यानमारलाई नेपालको सहयोग

- केएफएम डेस्ककाठमाडौं

गत हप्ता गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएको म्यानमारमा नेपाल सरकारले सहयोग सामग्री पठाएको छ । 

मेडिकल राहतका सामग्रीसहित सरकारले नेपाली सेनाको विमानमार्फत्  बंगलादेशको ढाका हुँदै म्यानमारमा राहत सामग्री पठाएको हो । नेपाली सेनाले २२ जना सदस्य सहितको टोली पठाइएको जानकारी दिएको छ ।



सेनाका अनुसार सो टोलीले झण्डै एक हप्ता भूकम्प प्रभावित म्यानमारमा रहेर भूकम्पमा परि घाइते भएकाहरुको उपचार गर्नेछ । नेपाली सेनाका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सक, ६ जना चालक दलका सदस्य तथा ४ जना सहायता टोली सो क्षेत्रमा गएको हो ।