राष्ट्रिय

गर्भनर नियुक्तिमा बिचौलिया सक्रिय भएः कांग्रेस नेता कोइराला

- केएफएम डेस्क काठमाडौं

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा बिचौलियाको चलखेल भइरहेको आरोप लगाउनुभएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले गर्भनर नियुक्तिमा बिचौलिया देखिनु मुलुकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो ।

अर्को प्रसंगमा नेता कोइरालाले कंग्रेस र एमाले सम्मिलित सरकारको औचित्य पुष्टि हुन नसकिरहेको बताउनुभएको छ । संविधान संसोधन र सुशासनको एजेन्डामा ९ महिनासम्म काम हुन नसकेको उहाँको भनाइ थियो ।

कांग्रेस नेता कोइरालाले सार्वजनिक मञ्चबाटै सरकारको कामकारवाहीको आलोचना गर्दै आउनुभएको छ ।