बार एशोसिएशनको मतगणना भोलिदेखि हुने
- काठमाडौंनेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना भोलिदेखि हुने भएको छ ।
मतपेटिका आज बेलुकासम्म काठमाडौँ आइपुग्ने र भोलि मध्यान्हबाट मतगणना सुरु गरिने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिनुभयो ।
बारको नयाँ कार्यसमितिका लागि हिजो निर्वाचन भएको थियो । २५ जना रहने बारको नयाँ कार्यसमितिका लागि ५७ जना प्रतिस्पर्धामा छन् ।