राष्ट्रिय

शिक्षकको आन्दोलन आज ८ औं दिन पनि जारी

- केएफएम डेस्क

नेपाल शिक्षक महासंघले आज ८ औं दिनपनि काठमाण्डौं केन्द्रीत प्रदर्शन गरेको छ । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेपनि महासंघले आन्दोलन जारी राखेको हो । महासंघले सरकारसंग तत्काल वार्ता गर्न अस्वीकार गरेको छ । वार्ताका लागि महासंघले संसदको अधिवेशन आह्वान गरी विद्यालय शिक्षासम्वन्धि विधेयक पारित गर्न वा अध्यादेश मार्फत ऐन ल्याउने प्रतिबद्धता सरकारले जनाएमात्रै वार्तामा सहभागी हुने उल्लेख गरेको छ । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा यथासिघ्र निर्णय भएमात्र वार्तामा बस्ने बताएका छन् । चैत २५ गतेदेखि देशव्यापी शैक्षिक आमहडतालघोषणा गरेर महासंघले आन्दोलन जारी राखेको हो ।