राष्ट्रिय

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित

- केएफएम डेस्क

नेपाल शिक्षक महासंघले जारी राखेको काठमाण्डौं केन्द्रीत आन्दोलनका कारण विद्यालय भर्ना अभियान प्रभावित हुने भएको छ । विद्यालयका कर्मचारी, शिक्षक सबै आन्दोलन केन्द्रीत भएपछि विद्यार्थी भर्ना अभियान, एसईईको कापी परीक्षण, कक्षा १२ को परीक्षा लगायत शैक्षिक क्रियाकलाप प्रभावित हुने देखिएको छ । 

संस्थागत विद्यालयले विद्यार्थी भर्ना कार्यक्रम स्थगित गर्ने बेलामा शुरु भएको सामुदायिक विद्यालयको भर्ना अभियान समेत प्रभावित हुने भएपछि विभिन्न कोणबाट टिकाटिप्पणी समेत हुन थालेको छ । बालबालिकाको पढ्न पाउने अधिकारमाथि शिक्षकले आफ्रनो माग पूरा गराउनका लागि खेलबाड गरेको टिप्पणी हुन थालेका छन् । यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान नदिई आन्दोलनमा मात्र शिक्षकको ध्यानाकर्षण भएको पनि कतिपयको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत शिक्षकको जायज माग पूरा गर्ने अभिव्यक्ति दिएपनि उनीहरुले विगतको सहमति कार्यान्वयन नभएको भन्दै विश्वस्त हुने ठाउँ नरहेको पनि

बताएका छन् । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्राईले रेडियो कान्तिपुरसँग कुरा गर्दै शिक्षकको माष्ग सम्बोधनका लागि तत्पर रहेको बताउनुभयो ।

आन्दोलनमा होमिएका शिक्षकले भने ठोस उपलब्धि नभएसम्म जारी राख्ने अडान लिएका छन् ।