राष्ट्रिय

अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने

- केएफएम डेस्क

त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ ।

त्रिविले गत वर्षनै सुरू गरेपनि प्राविधिक कारण अनलाइन सेवा सञ्चालन हुन सकेको थिएन । आफ्नै पद्धति तयार गरी आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालनमा ल्याएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

आगामी जेठ १५ गतेदेखि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट संचालन गरिने भएको छ ।