गर्भनर नियुक्ती छिटो हुन्छः सञ्चार मन्त्री गुरुङ
-सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले गर्भनर नियुक्ती छिटो हुने बताउनुभएको छ ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले गर्भनर नियुक्तीको प्रक्रिया छिटो टुंगोमा पुग्ने बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो भएको छलफलमा गर्भनर नियुक्ती प्रक्रियालाई छिटो समाधान गर्ने सहमति भइसकेको उहाँको भनाइ थियो ।