राष्ट्रिय

संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख १२ गते

संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख १२ गते शुरु हुने भएको छ । हिउँदे अधिवेशन सम्पन्न भएको झन्डै एक महिनापछि संसदको बजेट अधिवेशन शुरु हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १२ गते दिउँसो १ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । 

आन्दोलित शिक्षकहरुको माग सम्वोधन गर्ने तयारीसहित विधेयक पारित गर्दै बजेटसम्वन्धि विधेयकहरु अघि बढाउन संसद अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन बोलाउने निर्णय भएको हो । संघीय सरकारको बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था छ ।