राष्ट्रिय

आठपहरिया समुदायको बिसु पर्व सुरु

- केएफएम डेस्ककाठमाडौं

धनकुटाका सिमान्तकृत आठपहरिया समुदायको बिसु अर्थात बैशाखे चाड सुरु भएको छ । 

बिसु चाड किराँत आठपहरिया समुदायको बर्षकै पहिलो चाड हो । परिवार र समुदायमा सुखशान्ती, समृद्धि र मेलमिलापको कामना गर्दै आठपहरियाहरुले आठदिन सम्म यो चाड मनाउँने गर्छन् ।  बिसु चाडको पहिलो दिन उनिहरु भूमिपूजा, दोस्रो दिन देवस्थलमा लिपपोत र सरसफाइ गरी तेस्रो दिन मार्गाथानमा कुखुरा र सुँगुरको वली दिने चलन छ । 

बिसु अर्थात बैशाखे चाडमा देश–विदेश र टाढिएका आठपहरियाहरु जन्मथलो पर्कने परम्परा छ । आठपहरियाहरुले बैशाख पछि भदौ र मंसिरे पूणिर्मा धुमधामका साथ मनाउँछन् ।