रास्वपा सहमहामन्त्री श्रेष्ठद्वारा पदबाट राजीनामा
- काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उहाँले राजीनामा बुझाउनुभएको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिनुभयो । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भन्दै श्रेष्ठले राजीनामा दिएपनि स्वीकृत भने भइसकेको छैन ।
पार्टीको अघिल्लो बैठकमा सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन आग्रह गर्नुभएको थियो । त्यसपछि श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आउनुभएको थियो ।