राष्ट्रिय

दाउन्ने क्षेत्रको सडक सहज बनाउने विषयमा चितवनमा छलफल

- नारायण शर्मानवलपरासी

नवलपरासीको दाउन्नेमा सामान्य वर्षा हुनासाथ हिलाम्य भएर राजमार्ग अवरुद्ध हुने क्रम बढेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ठेकेदारसँग छलफल गर्नुभएको छ ।

मन्त्री दाहाल, मन्त्रालयका सचिव, विभागीय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताबीच चितवनमा छलफल भएको हो । मन्त्री दाहाल महेन्द्र राजमार्गको स्थलगत अनुगमनका लागि बुटवल हुँदै चितवन फर्किनुभएको थियो । दाउन्ने खण्डमा तत्काल सडक सम्याउने र ग्राभेल थपेर यातायात सुचारु हुने व्यवस्था मिलाउने विषयमा चिनियाँ ठेकेदार सहमत भएको बताइएको छ ।

छलफलमा सहभागी विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्नेमा तत्काल यातायात सुचारु गर्न आवश्यक पर्ने ग्राभेल आफ्नै पालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।