राष्ट्रिय

जसपा नेपाल महोत्तरीको अध्यक्षमा रामनरेश निर्वाचित

- सन्तोष सिंहमहोतरी

जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरी जिल्लाको अध्यक्षमा रामनरेश राय निर्वाचित हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा प्रतिद्वन्दी रामप्रकाश यादवलाई ८५ मत अन्तरले पराजित गर्दै राय विजयी हुनुभएको हो । 

रायले १९५ मत प्राप्त गर्नुभयो उहाँका प्रतिद्वन्दी राम प्रकाश यादव यादवले ११० मत प्राप्त गर्नु भएको छ । शुक्रबार अबेर राति सार्वजनिक मतपरिणाम अनुसार जसपा नेपाल महोतरीको उपाध्यक्षमा रामेश्वर राय यादव र शिवचन्द्र साह निर्वाचित हुनु भएको हो । 

सचिवमा महेश कुमार यादव, उपसचिवमा प्रकाश साह र खुसी पटेल विजयी हुनु भएको छ । त्यसैगरी कोषाध्यक्षमा सखिचन्द्र यादव विजयी हुनुभयो । जसपा नेपाल महोतरीमा ३ सय ३३ मतदाता मध्ये ३०९ जनाले मतदान गरेका थिए ।