राष्ट्रिय

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

- घनश्याम गौतमबुटवल

रुपन्देहीको बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । 

कम्मरमाथि गोली लागेको र गम्भीर घाइते भएकाले क्षेत्रीको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताउनुभयो ।

पाल्पाको रैनादेवि गाउँपालिका छहरा घर भई हाल बुटवल–११ बुद्ध नगरबस्ने विष्टमाथि गोली प्रहारको कारण नखुलेको डीएसपी कार्कीले बताउनुभयो । 

गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर, अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ‘हामी फिल्डमै पुगिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘गोली प्रहार गर्नेको खोजी भईरहेको छ ।’