राष्ट्रिय

सञ्चारिका समूहको नयाँ नेतृत्व चयन, अध्यक्षमा पन्थी विजयी

- केएफएम डेस्ककाठमाडौं

सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनले कमला पन्थीलाई अध्यक्षमा निर्वाचित गरेको छ । 

काठमाडौंमा गएराति अबेर सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार पन्थीले १ सय ४९ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो । निवर्तमान उपाध्यक्ष समेत रहेकी निकटतम प्रतिद्वन्दी पवित्रा सुनारले ८७ मत पाउनुभयो ।

दुवै उम्मेद्वार एमाले निकट प्रेस चौतारीका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिवमा राधा खनाल सर्वसम्मत निर्वाचित हुनुभयो । सचिवमा उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी हुनु भएको छ । 

कांग्रेस निकट प्रेस युनियन र एमाले निकट चौतारीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए । संगठनको निर्देशन नमानेको भन्दै चौतारीले अध्यक्षका उम्मेद्वार सुनारसहित चार जनालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।